क्रिकेटर सन्दिप विरुद्धको मुद्दाको पेसी आज

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।आज काठमाडौँ जिल्ला अदालतमा न्यायाधिस सकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ।

काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।

तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

प्रतिक्रिया