कामना सेवा विकास बैंक र ज्यतभ होटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठ स्थित ज्यतभ होटलसँग सेवा शुल्क छुट सम्झौता भएको छ । .यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सजिलै यो सुविधा प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले बैंकसँग आबद्ध सबै ग्राहकहरुलाई विशेष सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । सम्झौतामा बैंकको तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।