काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
उक्त अवधिसम्म बैंकले १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ। यसै अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
हालसालै बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ प्रोडक्ट ‘डोरस्टेप बैंकिङ’ सार्वजनिक गरेको थियो, जसअन्तर्गत ग्राहकहरूले घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, गत महिना सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले आ।व। २०८१र८२ को संचित मुनाफाबाट शेयरधनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।











