काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग-यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व

काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिकमसान्तसम्ममाकाठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ।


गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलनभएको थियो । यो रकमगतआवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गतआवमा१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनकोलक्ष्यनिर्धारण गरिएको थियो ।

यस वर्षभने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँअसुलीहुने प्रक्षेपण गरिएको छ ।
चालु आवको यस अवधिमाआन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख७५ हजार ७ सय रुपैयाँसंकलनभएको छ । गतवर्ष यस अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७हजार ६९५ रुपैयाँ राजस्व संकलनभएको थियो । यो अङ्कगएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँकम हो ।

यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिकअवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलनभएको सम्पत्ति कर यस वर्षको सोहीअवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलनभयो ।
राजस्वविभागकाप्रमुखदीपकअधिकारी भन्नुहुन्छ, ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धितमालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो ।

यो निर्णयबाटठुलो भवनभएका करदाताको राजस्वगुणात्मक रुपमा वृद्धिभयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाटगुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमाबढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’

यस वर्ष वहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलनभएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७हजार ५७० रुपियाँ संकलनभएको छ ।

वहाल कर बढ्नुको कारणबताउँदै अधिकारी भन्छन, ‘२०८२ जेठ २० गते सर्वाेच्च अदालतको संवैधानिकइजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्वकार्यालयहरुबाटउठाइँदै आएको कर महानगरपालिकामै जम्माथालेपछि यस शीर्षकमा कर बढेको हो ।

यस वर्ष व्यवसाय करमा पनि वृद्धिभएको छ । गएको वर्ष २२ करोड ८७लाख ८ हजार ७०८ रुपैयाँ संकलनभएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँअसुलीभएको छ ।
भवननक्साशुल्कबाट संकलनहुँदै आएको रकमभने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँसंकलनभएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमाझरेको छ । सहरमा भवननिर्माण गर्ने क्रम घटेसँगै राजस्व असुलीपनि घटेको हो ।