कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।कतारका अमिर शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपाल भ्रमणमा आउँदै छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन् ।
भ्रमणका क्रममा केही सम्झौता तथा समझदारी पनि हुने बताइएको छ । उनी बुधबार स्वदेश फर्कनेछन् ।