एनआईसी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा बैंक र रिसोर्टबीच विशेष सहमति सम्पन्न भएको हो ।

सम्झौताअनुसार, बैंकका ग्राहकले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गरेमा छुट प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट सुविधा मात्र नभई देशभर डिजिटल भुक्तानीको प्रयोगलाई प्रवद्र्धन गर्दै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।