काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ ।
घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखिएको छ। ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि निगमलाई प्रति सिलिन्डर ५४५ रूपैयाँ घाटा रहेको भएतापनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।











