ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।
हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
शिविरमा सामान्य चिकित्सा, मुटुरोग, इ सि जी, स्त्री तथा प्रसुती रोग र स्त्री क्यान्सर लगायतका परिक्षणमा एक सय सतासी जनाले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गर्नुभएको शिविरकी संयोजक समेत रहनुभएकी ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले बताउनुभयो ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवा सुलभ मूल्यमा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो जसले तिन दशक अघिदेखी अविच्छिन्न रुपमा विश्वस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।












