सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च नैं ढल्यो !

डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेको छ ।

बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग भएको छ ।

स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए ।

मञ्च भत्किएर चोट भने कसैलाई पनि नलागेको र केही समय कार्यक्रम स्थगित भएको थियो ।