सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा !

काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गर्ने भएको छ । उनको सरुवाका लागि मन्त्रिपरिषद बैठक बस्नुपर्छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एआईजी बज्राचार्यको सरुवा फाइल बनाउन निर्देशन दिएको गृहका एक अधिकारीले जानकारी दिए । गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि उनको सरुवा हुनेछ । 

६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा एआईजी बज्राचार्यले राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारवाही गर्न सिफारिस गरेको छ । यसैलाई आधार बनाएर उनको सरुवा गर्न लागिएको हो ।  (साभारःनेपालबहस)