काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २४ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजी रु। १४,०८,९९,८०,१९० मा आधारित रहेर ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, र स्व–पूँजी परिवर्तन विवरण पारित गरिएको छ।











