सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने भएको छ ।

बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।