लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाका सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए।
लुम्बिनी प्रदेशसभाका ८७ सांसदलाई प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यको शपथ गराइएको हो।











