गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पुत्रीलाभ गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।आलिया भट्टले एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आलिया रणवीरको साथआइतबार बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।











