विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा भएको मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र पछाडि बसेका उनका भतिजा आठ वर्षीय अभि दाहालको हिजो साँझ मृत्यु भएको हो ।
विराटनगरबाट इटहरी गइरहेकोे मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनीहरु सिकिस्त घाइते भएका थिए । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।











