मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने

जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुखबबिताकुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकीछन् । आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूलआचरणनगरेको प्रस्तावमाथिछलफल गर्ने कार्य सूची रहेको छ ।

यसकालागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामाकार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमाउपस्थितहुनकालागिउपसभामुख ईशरले आग्रहसमेत गरेकीछन् । ७दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७दिनभित्र बैठक बसीछलफल गर्नु पर्ने नियम रहेको छ ।

अन्तिमपटक बैठक बस्दा निवर्तमानमुख्यमन्त्रीजितेन्द्र सोनलले विश्वासको मत लिने तालिका रहेको थियो । सोनलसहितको तत्कालिनमन्त्रीपरिषदकामन्त्रीहरुको बिनाउपस्थित नै सभामुखमण्डलले बैठक अगाडिबढाएपछिविवादउत्पन्नभएको थियो । सोही समय सोनलले आफू मुख्यमन्त्रीपदबाट राजिनामादिएको प्रदेश सभा बेठकमै घोषणा गरेका थिए ।