बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपरास्ट्रपतिमा निर्वाचित भएपछी खाली भएको उक्त निर्वाचन् क्षेत्रबाट उम्मेद्वारी दिने तयारीमा रहेका ज स पा नेता उपेन्द्र यादव सङ चुनाव लड्ने तयारीका साथ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए र अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए ।

जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।