प्रधानमन्त्री र रवि लामिछाने बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच बालुवाटारमा भेटवार्ता भएको छ ।

बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर रास्वपाले सरकार मा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन । सरकारमा सहभागीताबारे निर्णय गर्न रास्वपाले सोमबार बैठक बोलाएको छ ।