पद्मकन्या क्याम्पसमा ज्योति पनेरु र नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल निर्वाचित

काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका त्रिसना आले मगरलाई पराजित गरेका हुन् ।

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू) का संयुक्त उम्मेदवार ढुंगेलले एमाले निकट अनेरास्ववियुका उम्मेदवार कैलाश तामाङलाई पराजित गरेका हुन् ।गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल भएको थियो ।