नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १ करोड सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु। १ करोड आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग गत भाद्र २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन र आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि प्रदान गरिएको हो।

उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक श्री प्रज्वल सायमीले अर्थ मन्त्री श्री रामेश्वर प्रसाद खनाललाई एक विशेष समारोहमा हस्तान्तरण गरे। कम्पनीले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत गरेको हो। सो अवसरमा सिइओ खत्रीले कम्पनीले विगतमा पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन र वातावरण संरक्षण जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि समाजप्रतिको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेशनल लाइफले नियामक निकायको निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउँदै आएको छ।