नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किए लगत्तै पदाधिकारी बैठक बोलाएर आन्तरिक छलफल सुरु गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारिहरुको बैठक सुरु भएको बताइएको छ । बैठकमा माधवकुमार नेपालसहित , राजेन्द्र पाण्डे, बेदुराम भुसाल,प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी रहेको बुझिएको छ ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादी गठबन्धन टुटेसँगै आन्तरिक छलफलमा जुटेको हो।











