काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।











