काठमाडौं ।उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।पक्राउ पर्नेहरूमा ३ भारतीय नागरिक रहेका छन् भने ४ जना नेपाली छन् ।











