छठ पूजाका लागि जलाशय सजावट सुरु

रौतहट । रौतहटको विभिन्न स्थानमा रहेको नदीतथापोखरीहरुमाछठीमाईको पूजाकालागितयारीको काम सुरु गरिएको छ। तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनितयारी थालिएको हो । छठ पर्व पनिनजिकिँदै गएपछिचाँदी, लालबकैया, बागमति, झाँझलगायतकानदीतथाविभिन्नपोखरीलाई स्थानीयवासीतथाक्लबहरूको सहयोगमाविशेष रूपमासिँगार्न थालिएको छ ।

छठ पर्वको मुख्यदिनछठीमाईको पूजाकालागिअहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतकाकार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदीनदीमाअहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडियाप्रालिकाअध्यक्षमनोज कुमार साहले बताए ।

उनकाअनुसार दुर्गा तथा छठ पूजा समिति सहितचन्द्रपुर मिडियाप्रालिको सहयोगमा छठ घाट सजाउने कार्य भइरहेको छ । अहिले प्रायःग्रामीणभेगकागाँउमा छठ व्रतकागीतहरु गुञ्जिनथालेपछियसको रौनकबढेको छ । यस पर्वमा सूर्य उपासना गरि विधिपुर्वक मनाइन्छ ।