काठमाडौँ । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने भएकी छिन् ।

प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।
किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आई लिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आई लिग खेल्ने अवसर पाएको छु । त्यसैकोलागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’











