काठमाडौँ । कोशी सरकारविरुद्धको मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको बुझिेएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट उक्त मुद्दाको सुनुवाइ भएको थियो ।आज अधिवक्ताहरु टिकाराम भट्टराई , सुरेन्द्र भण्डारीले लगायतले जवाफी बहस गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सभाध्यक्षको मतलाई संविधानसम्मत् मान्न नसकिने ठहरसहित दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।











