कांग्रेसले सहमहामन्त्री भिष्मराज  आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनायो

 नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।समितिको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको छ । कार्यसम्पादन समितिअघि दुबै पक्ष बसेर भोली वा पर्सी हुने संसदीय दलको निर्वाचनका लागि बनाइने निर्वाचन समितिमा सहमती जुटाएको बुझिएको छ ।

सहमहामन्त्री भिष्मराज  आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनाइने र समितिमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहने छन् ।केही बेरमा औपचारिक रुपमा कार्यसम्पादन समितिले निर्णय गर्ने बुझिएको छ ।